पूर्वगृहमन्त्रीमाथि प्रहरीले बर्सायो लाठी, कमल थापा सहितका नेता पक्राउ

काठमाण्डौं, चैत २५ ।
राप्रपा नेपालका अध्यक्ष तथा पूर्वगृहमन्त्री कमल थापासहितका नेताहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ । हिन्दू राष्ट्रको माग राख्दै राप्रपाले गरेको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरी थापासहितका नेता पक्राउ परेको राप्रपा प्रवक्ता भुवन पाठकले बताएका छन् ।

अध्यक्ष कमल थापासहित दीपक बोहरा, बुद्धिमान तामाङलगायतका नेतामाथि प्रहरीले लाठीचार्ज गरी पक्राउ परेको उनले बताए । शान्तिपूर्ण आन्दोलनका क्रममा पद्मोदय मोडमा आइपुग्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।

घाइते ४० भन्दा बढी कार्यकर्ताहरुको मोडल हस्पिटलमा उपचार भइरहेको उनको भनाइ छ ।