पाेखरामा धमाधम पक्राउ पर्दै विप्लव कार्यकर्ता, नेपाली सहित ३ जना समातिए

पोखरा, चैत २५ ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका ३ कार्यकर्ता पोखराबाट पक्राउ परेका छन् । अखिल (क्रान्तिकारी) कास्कीकी उपाध्यक्ष आस्था नेपाली सहित ३ जना पक्राउ परेका हुन् ।

नेपाली सहित प्रकाश राई र भगवान आचार्यलाई पक्राउ गरिएको कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले पुष्टी गरे । उनीहरुलाई पोखराका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

पक्राउ परेकाहरु प्रहरी हिरासतमा छन् । उनीहरुमाथी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । गत साता पनि अखिल क्रान्तिकारीकै पिएन क्याम्पस अध्यक्ष प्रकाश बास्तोला र जिल्ला सदस्य उब्जत पुनलाई पक्राउ गरेको थियो ।