पासपोर्टको शुल्क ५ हजार घट्यो

पोखरा, असार ३ ।
राहदानी विभागले पासपोर्ट बनाउँदा लाग्ने दस्तुर घटाएको छ । ६६ पृष्ठको राहदानी ठूलो परिणाममा थन्केर बसेपछि उक्त राहदानी खपत गराउन दस्तुर घटाएको हो ।
झन्डै ४ लाख ९५ हजार थान राहदानी थन्केपछि विभागले दस्तुरमा ५ हजार रुपैयाँ घटाएको हो । यसअघि ६६ पृष्ठको राहदानी बनाउन १० हजार रुपैयाँ दस्तुर लाग्ने गरेको थियो ।
विभागले २०७८ साल मंसिर १ गतेदेखि विद्युतीय राहदानी सेवा सुरू गर्दा ३४ पृष्ठ र ६६ पृष्ठ गरी दुई प्रकारको राहदानी सेवा प्रवाह गर्दै आएको थियो । त्यही बेला विभागले ६६ पृष्ठको राहदानी ५ लाख थान छपाएको गरेको छ । ३४ पृष्ठको राहदानी वितरण भने बन्द गरिएको छ ।