पालिखेचोकका सबै घर भत्किए, पूराना शंकरको योजना नयाँ शंकरले पूरा गरे

पोखरा, असोज १९ ।
पोखरेलीको ४० बर्षदेखिको अभ्यासले मुर्त रुप लिएको छ । तत्कालीन अञ्चलाधीष शंकरराज पाठकले पालिखेचोकलाई फराकीलो बनाउने महत्वकांक्षी योजना उबेला लिएका थिए । उतिबेला मान्छेले चाक्ला सडकको काम छैन भन्दै सडक फराकीलो बनाउन दिएनन् । त्यसपछि पालिखेचोक विस्तारै साँघुरिँदै गयो ।

धेरैले पालिखेचोकका घरहरु भत्काएर सडक विस्तार गर्ने प्रयास नगरेका होईनन् । तर कोही पनि सफल हुन सकेनन् । पोखरा महानगरपालिकामा नयाँ जनप्रतिनिधी आएपछि मुख्य एजेण्डाको रुपमा पालिखेचोकमाथी नजर डुलाए । स्थानीयसँग निरन्तर छलफल र सहमति पछि घरधनीहरु घर भत्काउन राजी भए ।

उनीहरुलाई मुआब्जा दिएर महानगरले चोक क्लिएर गरेको हो । दुई महिना अघिदेखि भत्काउन सुरु गरिएको घरहरु शुक्रबार टुंगिएको छ । वसन्त उदास, मिश्री उदास र दुधमान उदासको नाममा रहेको घर साउन दोस्रो साता भत्काइएको थियो । प्रदीप पालिखे, किशोरादेवी श्रेष्ठ र कृष्णमान श्रेष्ठको नाममा रहेको घरहरु पनि विभिन्न चरणमा भत्काईएको छ ।

स्थानीय र महानगरको प्रमुख सहयोगमा अभियान सफल भएको मापदण्ड क्लियर समितिका संयोजक तथा वडा नम्बर ४ का वडाध्यक्ष शंकर बास्तोलाले जानकारी दिए । अव केही दिनमै भत्काईएको ठाउँमा पीच गरेर डिभाईडर राखिने उनले बताए ।