पशु स्वास्थ्य सेवा प्राविधिक संघको स्थापना दिवसमा कास्कीमा निशुल्क पशु स्वास्थ्य शिविर

पोखरा, जेठ २७ ।
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) को तेश्रो स्थापना दिवसको अवसरमा कास्कीमा निशुल्क पशु स्वास्थ्य शिविर गरिएको छ । पोखरा लेखनाथ, २३ पामेमा आयोजना गरिएको शिविरवाट १ सय ५ घरपरिवारले फाईदा लिए । कार्यक्रममा स्थानीयहरुहरुलाई माटे जुका औषधी, क्यालसियम भिटामिन लगायतका पशु औषधी वितरण गरिएको नेल्टाका केन्द्रीय अध्यक्ष सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।
स्थानीयले नेल्टाको कार्यक्रमवाट आफुहरुलाई फाईदा पुगेको र यस्ता कार्यक्रमहरु आगामि दिनहरुमा पनि संचालन गर्न आग्रह गरे । शिविरमा नेल्टाका केन्द्रीय अध्यक्ष जनकवहादुर रावल, उपाध्यक्ष पुस्कर नेपाल, पूर्व अध्यक्ष रामशरण थापा, केन्द्रीय सल्लाहकार फडिन्द्रराज ढकाल तथा कास्कीका अध्यक्ष सहदेव पौडेल लगायतका पदाधिकारी तथा सदस्यहरु सहभागि थिए। त्यसैगरि नेल्टाले स्थापना दिवसकै अवसरमा जेठ २५ गते १ दिने लोक सेवा आयोग परिक्षाको तयारि कक्षाको अभिमुखिकरण कार्यक्रम पोखरामा गरेको छ ।
कार्यक्रममा ४५ जनाको उपस्थितिमा गरिएको थियो । सहभागिहरु कास्की पर्वत स्याङ्गजा तनहु वागलुङ्ग लगायतका जिल्लाका सहभागिहरु थिए । कार्यक्रममा नेल्टाको केन्द्रीय पदाधिकारीको टिमनै उपस्थित रहेको थियो । ३ वर्ष अघि स्थापना भएको नेल्टाले आफ्नो स्थापना दिवस प्रत्येक जिल्लाममा विभिन्न कार्यक्रम गरि मनाएको महासचिव सुरेश श्रेष्ठले जानकारी दिए ।