पत्रकार मिनालाई राजधानीमा गोली हानी हत्या
एजेन्सी, बैशाख ३१ ।
टेलिभिजन प्रस्तोताबाट राजनीतिमा उदाउँदै गरेकी मिना मंगललाई शनीबार दिउँसो काबुलमा गोली हानी हत्या गरिएको छ । उनको हत्याको निन्दा गर्दै अफ्गानी राजनीतिज्ञहरु र महिला अधिकार कार्यकर्ताहरुले न्यायका लागि माग गरेका छन् ।
प्रहरीले अनुसन्धान थाले पनि उनलाई कसले मारेको भन्ने प्रस्ट भइसकेको छैन । शनिवार प्रकाशित एक वक्तव्यमा आन्तरिक मामिला मन्त्रालयले अफगान संसद्को सांस्कृतिक मामिला आयोगको एक सल्लाहकारको रूपमा काम गर्न जाँदै गरेको बेला मङ्गललाई सबेरै साढे सात बजेतिर गोली हानिएको जनाएको छ ।
मङ्गलले आफूलाई धम्की आइरहेको र आफ्नो ज्यानको सुरक्षाबारे डर लागिरहेको आफ्नो फेसबुकमा पोस्ट गरेकी थिइन् । प्रेस अधिकारसम्बन्धी अन्तर्रा्ष्ट्रिय संस्था रिपोर्टर्स विदाउट बोर्डर्सले सन् २०१८ मा पत्रकारहरूका निम्ति सबभन्दा खतरनाक देशको सूचीमा अफगानिस्तानलाई राखेको थियो ।