नेविसंघ गोरखामा सुवास अधिकारी, कार्यसमिति सर्बसम्मत

पोखरा, पुस २० ।
नेपाल विद्यार्थी संघ गोरखाको सभापतिमा सुवास अधिकारी चयन भएका छन् । विहिबार भएको १६ औं जिल्ला अधिवेशनबाट अधिकारीको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको उपसभापतिमा शिवहरी तिमिल्सीना, सचिवमा मिलन सिं बस्नेत, सहसचिवमा विक्रम अधिकारी र कोषाध्यक्षमा राजेन्द्र थापा चयन भए ।

सदस्यहरुमा रमेश थापामगर, सरोज लामिछाने, श्यामहरी संग्रौला, सजिना थापा, काजीबाबु थापा, दिनेश दुवाडी, अनिश श्रेष्ठ, सौनक घिमिरे, टिकाराम भट्ट, सितल गुफाजु, सुल्तान मियाँ, सन्तोष रानाभाट छन् ।

यस्तै, दीनेश अधिकारी, विशाल श्रेष्ठ, राजन श्रेष्ठ, नेहा थापामगर, शोभा बस्ताकोटी, सिम्रन गुरुङ, बिजुला सुर्खेती, सरिता गोतामे, अनिषा खनाल, नितु थापा मगर, नारायण भट्ट, रोजन गुरुङ, राजु कोइराला र कृष्ण ढकाल पनि सदस्यमा चयन भए ।