नेकपा सचिवालय बैठक निष्कर्षविहीन
काठमाडौं, साउन १३ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमबार पनि विना निष्कर्ष टुंगिएको छ ।
पार्टीका विभिन्न विभाग र आयोगहरुको जिम्मेवारी टुंगो लगाउन डाकिएको बैठकमा सहमति हुन नसकेपछि बैठक १५ दिनका लागि सारिएको हो ।
स्कुल विभागको नेतृत्वका लागि पूर्वएमाले र पूर्वमाओवादी केन्द्र दुवै पक्षको अडान कायम रहेपछि बैठक २ सातापछि सारिएको हो ।
स्कुल विभागबारे सहमति जुटाउन नेताहरुबीच पटक–पटक छलफल भएपनि कुरा मिलेको छैन ।
ज्येष्ठ नागरिक मञ्च, सल्लाहकार परिषद्, सम्पर्क मञ्चलगायतका निकायहरुमा भने सहमति भएको दाबी गरिएको छ ।
सचिवालयको अर्को बैठक यही साउन २८ गते बस्ने जनाइएको छ । (ईमेजखबरबाट साभार)