नेकपा गोरखाको अध्यक्षमा थापा र सचिवमा गुरुङ

पोखरा, बैशाख ८ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गोरखा जिल्लाको नेतृत्व टुङ्गो लागेको छ । जिल्लाको अध्यक्षमा लेखबहादुर थापा र सचिबमा प्रेम गुरुङको नाम टुंगो लागेको हो ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लामा पार्टी नेतृत्वको टुंगो लगाएको हो । त्यसमध्ये गोरखाको पार्टी नेतृत्वमा थापा र गुरुङको नाम टुंगो लागेको पार्टी निकट श्रोतले जानकारी दियो ।

गण्डकी प्रदेशका मन्त्री समेत रहेका थापा पूर्व माओवादीका गोरखा अध्यक्ष हुने भने गुरुङ पूर्व एमालेको अध्यक्ष भएर काम गरिसकेका छन् । यद्यपी यसको औपचारिक सार्वजनिक भने सोमबार मात्रै हुनेछ ।