नेकपाले तोक्यो प्रदेशका ईन्चार्ज र अध्यक्ष, गण्डकीमा पृथ्वीसुब्बा ईन्चार्ज, हितराज अध्यक्ष

पोखरा, असोज ५ ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज र सह–इन्चार्जको नाम टुंग्याएको छ । शुक्रबार विहान बसेको सचिवालय बैठकले प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँट गरेको हो ।

गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ इन्चार्जको जिम्मेवारी पाएकाा छन् भने हितराज पाण्डेले अध्यक्षको जिम्मेवारी पाए । गुरुङ साविक एमालेका केन्द्रिय सचिव हुन् । उनी हाल गण्डकी प्रदेशको मुख्यमन्त्रीको रुपमा कार्यरत छन् ।

यस्तै प्रदेशको अध्यक्ष बनेका पाण्डे साविक माओवादीका नेता हुन् । प्रदेशको सह इन्चार्जमा खगराज अधिकारी र सचिवमा गोविन्द नेपालीको नाम टुंगिएको छ ।