नेकपामा देशैभरी असन्तुष्टी, ३ सचिवले बहिष्कार गरेर सपथ

धनगढी, बैशाख १६ ।
पद बाँडफाँडप्रति असन्तुष्टि जनाउँदै नेकपाका तीन जिल्ला सचिवले सपथ अस्वीकार गरेका छन् । सुदूरप्रदेश प्रदेश कार्यालय धनगढीमा आइतबार भएको सपथ कार्यक्रममा डडेलधुरामा सचिवको जिम्मेवारी पाएका तारादत्त जोशी, बझाङका सचिव दिलबहादुर सिंह र दार्जुलाका सचिव रामदत्त जोशी उपस्थित नै भएनन् ।

उनीहरुले मर्यादाविपरित आफूहरुलाई पद दिएको भन्दै सपथ नलिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ । पदको मूल्यांकन नगरी जिम्मेवारी बाँडफाँड गरिएको आरोप लगाउँदै देशैभर नेकपामा असन्तुष्टी छ ।