नेकपाका ५ जिल्ला अध्यक्ष र सचिव फेरिने (कुन जिल्ला हेर्नुस्)
काठमाण्डौं, साउन ६ ।
नेपाल कम्युनिष्ट पार्टीको पाँच जिल्लाका अध्यक्ष र सचिव परिवर्तन गर्ने भएको छ । आइतबार भएको केन्द्रीय सचिवालयको बैठकले दुई अध्यक्ष र तीन सचिवलाई जिल्ला इन्चार्ज बनाएपछि सो स्थान नयाँ नेता छनौट गर्ने भएको हो ।
यसरी परिवर्तन गर्न लागिएको पाँचै जना पूर्व माओवादीतर्फका नेताहरु हुन् । जिल्ला कमिटी अध्यक्ष तथा सचिव इन्चार्ज तोकिएको भए सो स्थानमा नयाँ अध्यक्ष वा सचिव तोकिने महासचिव विष्णु पौडेलले बताए ।
‘एक दुई स्थानमा यस्तो रहेको छ । यो सानो संख्या हो। अध्यक्ष वा सचिवलाई इन्चार्ज र सह इन्चार्ज तोकिएको स्थानमा नयाँ नियुक्ति हुन्छ,’ उनले भने ।
मोरङका सचिव गोपी अछामी सार्कीलाई सह इन्चार्ज तोकिएको छ । अछामी सचिव बनाएकोमा असन्तुष्ट थिए । त्यसैगरी महोत्तरीमा राजु खड्का, सर्लाहीमा डाचाराज वाग्ले, रौतहटमा युवराज भट्टराईलाई जिल्ला इन्चार्ज तोकिएको छ ।
खड्का र भट्टराई सम्बन्धित जिल्लाका इन्चार्ज हुन् भने वाग्ले सचिव हुन् । केन्द्रीय सदस्य रहेको वाग्लेलाई सचिव बनाएपछि असन्तुष्ट रहँदै आएका थिए । त्यसैगरी धादिङका जिल्ला इन्चार्ज बनाइएका शालिकराम जम्ककट्टेले पहिले धादिङका सचिव रहेका थिए । उनी प्रदेश नम्बर तीनका गृह मन्त्री समेत हुन् ।