निर्दयी आमा जसले आफ्नै ११ दिने छोरी मारिन्
पोखरा, भदौ १२ ।
गोरखाको सिरानचोकमा गत साता एउटा अनौठो घटना घट्यो । आमा शौचालय गएको बेला दिउँसो न्वारन गरिएकी छोरी बेपत्ता भईन् । हजुरआमासँगै सुतेकी ११ दिने नावालिका बेपत्ता भएपछि गाउँभरी होहल्ला भयो । गाउँलेलाई खवर गर्ने काम उनै आमाले गरिन्, जसले छोरी मिनेटभरमै गायव गरेकी थिईन् ।
कुरा भदौ ८ गते रातीको हो । ११ दिने बालिकासँगै हजुरआमा र आमा सुतेका थिए । आमा रथी गुरुङ भण्डारी राती उठेर शौचालय गईन् । हजुरआमा र ११ दिने नातिनी ओछ्यानमा थिए । शौचालयबाट रथी फर्किँदा ओछ्याउनमा छोरी थिईनन् । त्यसपछि हल्लाखल्ला भयो गावैंभरी ।
गाउँलेले प्रहरीलाई खवर गरे । केही दिनअघि २ बर्षिय बालक पनि सोही गाउँबाट बेपत्ता भएका थिए । जसका कारण गाउँलेलाई छुट्टै त्रास थियो । साताभरमै दुई बालबालिका हराएपछि प्रहरीले पनि निकै गम्भीरताका साथ अनुसन्धान गर्यो । घटना घटेको ४ दिनपछि घरभन्दा ३ सय मिटर माथी गरामा पुरिएको अवस्थामा शव भेटियो ।
त्यसपछि प्रहरीले बच्चाकी आमा र बाबुलाई केरकार गर्न थाल्यो । रथीले बच्चा मारेको अनुसन्धानबाट खुलेको छ । मंगलबार पत्रकार सम्मेलन गरी गोरखा प्रहरीले घटना र हत्यारा आमा सार्वजनिक गरेको छ । अन्तरजातिय विहे गरेकी रथीलाई उनकी आमाले पटक पटक धम्की दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
‘श्रीमान र छोरी दुवैलाई मार्दिन्छु भन्ने धम्की पटक पटक आएको अनुसन्धानले देखाउँछ, गोरखा प्रहरीका प्रमुख एसपी बिमल बस्नेतले भने–अरु अनुसन्धान भैरहेको छ । दोषी देखिएकाजति सबै पक्राउ पर्छन् ।’