निरन्तरको बर्षाले पोखराको रामघाटमा ताल (फाेटाेमा हेर्नुस्)

पोखरा, भदौ २६ ।
निरन्तरको बर्षाले पोखराका मुख्य तथा खहरे खोलाहरुमा पानीको बहाव वढेको छ । खासगरी सेती र फुस्रे खोलामा पानीको बहाव बढेको प्रहरीले जनाएको छ ।पोखराको रामघाटमा पानी जमेर ताल बनेको छ । प्रहरीले सचेत रहन आग्रह गरेको छ । ठूलो पानी परेपछि त्यसको भार रामघाटमा बढी पर्छ । बर्षाले हालसम्म अप्रिय क्षति भएको छैन । अहिलेसम्म कुनैपनि सूचना नआएको कास्की प्रहरीले जनाएको छ ।

रामघाटसँगै फेवातालमा पनि लेदो पसेको छ । जलाधारका खोलाबाट बगेको लेदोका कारण फेवातालको पानी धमिलिएको छ । कतै कतै सामान्य पहिरो झरेको स्थानीयहरुले बताएका छन् ।

Photo-Sudarshan Ranjit