नयाँ नाकाबाट चीन जोड्ने सम्झौता हुँदै
काठमाडौं, असोज ४ ।
चीन हुँदै नेपालको एक नाकाबाट अर्को नाका जोड्ने थप सडक खुलाउनेबारे नेपाल र चीनबीच सम्झौता हुँदैछ । दुई देशका उच्चस्तरीय वार्ता टोलीबीच बुधबार काठमाडौंमा हुने छलफलपछि सम्झौता हुने भएको हो ।
त्यसका लागि १३ सदस्यीय चिनियाँ टोली काठमाडौं आइसकेको छ भने १७ सदस्यीय नेपाली टोलीको अन्तिम टुंगो लागेको छ ।
नेपाललाई चीनमा बनेका पूर्वाधार प्रयोग गर्न दिन चिनियाँ उच्च नेतृत्व सकारात्मक रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । विशेषगरी चिनियाँ राजमार्ग प्रयोग गरेर नेपालको हिमाली जिल्लामा पनि सामान ढुवानी गर्न दिनेबारे चीनले उच्च प्राथमिकता दिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले बताए ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।