नदीले बगाएर गण्डकीमा एकैदिन दुई बेपत्ता

पोखरा, भदौ ६ ।
पर्वत र लमजुङमा नदीले बगाएर दुईजना बेपत्ता भएका छन् । पर्वतको कालिगण्डकीमा विहादी गाउँपालिका ४ का ४२ बर्षीय विष्णुप्रसाद भुषाल बेपत्ता भएका छन् । उनले लगाएको टिसर्ट, कट्टु र मोवाईल नदी किनारमा भेटिएको छ ।
यस्तै, लमजुङको राइनास नगरपालिका ७ बाङग्रेचोरको ओख्ले नजिक चेपे नदीमा बाटोमा हिडिरहेका एकजना बेपत्ता भएका छन् । सन्धीखर्क घर भइ मध्यपहाडी लोकमार्गको टिप्पर चालकका रुपमा काम गर्दै आएका २१ बर्षका अनिल खड्का नदी किनारबाट चिप्लिएर बेपत्ता भएका हुन् ।
बेपत्ता दुवैजनाको खोजी भैरहेको प्रहरीले जनाएको छ ।