नगर विकास ऐन फेरियो, मेयर नै समितिको अध्यक्ष बन्ने

पोखरा, चैत ३ ।
नेपालका सबै नगर विकास समितिको गठन ब्यवस्था फेरिएको छ । यसअघि राजनीतिक नियुक्तिको रुपमा रहँदै आएको समितिमा केही फेरवदल गरिएको हो । अवदेखि सम्बन्धित स्थानीय तहका प्रमुख वा अध्यक्ष नै नगर विकास समितिको अध्यक्ष बन्नेछन् ।

समितिको सदस्यहरुमा जिल्ला समन्वय समितिले तोकेको एकजना सदस्य, प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको एकजना अधिकृत, वन, भूमी तथा नापी सम्बन्धी स्थानीय तह वा जिल्ला स्थित प्रतिनिधिहरु, नगर कार्यपालिका वा गाउँ कार्यपालिकाबाट तोकिएका ३ सदस्य, स्थानीय विकासमा महत्वपूर्ण योगदान गर्ने एक महिला सहित २ जना र समितिको सदस्य सचिवको रुपमा सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत रहने ब्यवस्था गरिएको छ ।

नगर विकास ऐन २०४५ लाई संशोधन गर्दै प्रत्येक स्थानीय तहमा आवश्यक्ता अनुसार नगर विकास समिति गठन गर्न सकिने ब्यवस्था मिलाईएको छ । समितिले नगरको विकासका लागि आफ्नो बेग्लै खाका तयार गर्न सक्नेछ ।