धुर्मुस–सुन्तली फाउन्डेसनलाई सरकारले दियो मुद्धा परेको जग्गा

भरतपुर, माघ १८ ।
सर्वोच्च अदालतमा मुद्दा परेको जग्गामा धुर्मुस–सुन्तली फाउन्डेसनलाई अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माणको जिम्मा दिइएको छ ।

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको ३ सय ५६ बिगाहा जग्गा २०६७ सालमा गठित कृषि तथा बन विश्वविद्यालयले भोगचलन गर्न पाउनुपर्ने दाबीसहित सर्वोच्च अदालतमा मुद्दा हालेको थियो ।

मुद्दाको किनारा नै नलागी भरतपुर महानगरपालिकाले २० बिगाहा ८ कठ्ठा जग्गा रंगशाला निर्माण गर्न सम्झौता गरेको हो ।

फाउन्डेसन र महानगरपालिकाबीच रंगशाला निर्माण गर्न सम्झौता भएपछि विवाद भएको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।