‘तितेपाती बटुल्दै, जनतालाई नमस्कार गरेर हुन्छ भन्दैमा राजतन्त्र फर्किंदैन’

पोखरा, पुस १० ।
पत्रकार तथा स्तम्भकार उज्वल प्रसाईले राजनतन्त्रको खुलेर विरोध गरे । पोखराको रेडियो बाराहीमा पत्रकार गोविन्द सुवेदीसँग कुरा गर्दै उनले राजतन्त्र फर्किने सम्भावना नरहेको जिकीर गरे ।

पूर्वराजा यतिबेला पोखरामा हुनुहुन्छ, वहाँको तामझाम पूर्ण स्वागत । निरन्तरको मठमन्दिर भ्रमण । यसले के देखाउँछ ? भ्रमण र उपस्थिति देखाईरहनुभएको छ । अर्को तिर परिर्वतन गरेर आएका नेताहरु पनि ढुक्क हुन नसकेको जस्तो देखिन्छ । यो कस्तो अवस्था हो ?

गोविन्दको प्रश्नमा उज्वलले भने–‘अहिलेको नेतृत्वलाई पुर्व राजा कुनै रेष्टुरेण्टमा गएर नाच्ने वित्तिकै डराउनुपर्ने अवस्था थिएन । वहाँहरु भयग्रस्त हुनुहुन्छ कि जस्तो चाहीँ देखिन्छ । त्यो भयग्रस्त भनेको के भने, वहाँ फेरि फर्केर शासन गर्न आउने हो कि अनि हामीलाई निकाल्ने हो कि भन्ने चिन्ता छ । गणतन्त्रलाई नै संकटमा पार्ने हो कि भन्ने चिन्ता छैन, आफ्नो नेतृत्व जाला भन्ने चिन्ता मात्रै हो ।

‘अव ज्ञानेन्द्र शाह, अहिले सामान्य नागरिक हुनुहुन्छ । पोखरामा बसेर वहाँले सुन्दैहुनुहुन्छ भने त्यो ठूलो दुष्साहस हुन्छ । दुष्साहस मात्रै होईन, एउटा ठूलो दुष्चक्रमा फस्नुहुन्छ । वहाँले के विर्सिनु हुँदैन भने–तितेपाती बटुल्दै, जनतालाई नमस्कार गर्दै हुन्छ हुन्छ भन्दै यात्रा गरिरहेको बेलामा सयौं मान्छे देखेर वहाँ हौसिनुभएको छ ।’

‘कत्तिपनि समय नवित्दै सयौंबाट हजारौं संख्या बनेर वहाँकै विरुद्ध आन्दोलन भए नि । त्यसकार वहाँले पनि त्यो खालको रियालाईज गर्नुपर्छ र डराउनुको साटो आफ्ना जनतालाई विश्वास दिलाउनका लागि राम्रा काम गर्न अहिलेको नेतृत्व अघि बढ्ने हो भने ज्ञानेन्द्र शाह कुनै ठूलो चुनौति हो जस्तो मलाई लाग्दैन ।’