तिजी पर्वको झल्को दिने गरी पोखरामा बज्रकिलाया मण्डला पुजा(फोटो फिचर)

गिता राना मगर, पोखरा कार्तिक २६ ।
उपल्लो मुस्ताङको लोमन्थाङमा मनाईने सांस्कृतीक पर्व तिजीकोे झल्को दिने गरी पोखरामा लामा नृत्य प्रस्तुत गरिएको छ । वौद्ध मार्गीहरुको फुदो बज्रकिलाया पुजाको अवसर पारी पोखराको याम्दीमा रहेको पेमा छाल शाक्य गुम्बामा उक्त नृत्य प्रस्तुत गरिएको हो ।

विशेष गरी हिमाल पारिको जिल्ला मुस्ताङको लो सात क्षेत्र लोमन्थाङमा सांस्कृतीक पर्वको रुपमा रहेको तिजीमा प्रस्तुत गरिने लामा नृत्य यो पटकदेखी शाक्य गुम्बामा प्रदर्शन गरिएको हो । गुम्बाले बज्रकिलाया मण्डला पुजाको अवसर पारी लामा मास्क नृत्य प्रस्तुत गरेको हो । तिजी भन्दा फरक शैलीको पुजा भएतापनि यो पुजामा आयोजना गरिने लामा मास्क नृत्यले तिजीको झल्को प्रदान गरेको छ ।


गुम्बाले अघिल्लो वर्षहरुमा एघार दिनको पुजा गरिने भएतानी यो वर्षदेखी पुजा संगै लामाहरुको सामुहिक मास्क नृत्यको आयाजना गरिएको गुम्बाका लामा गुरु टासी आंगेल लामाले वताए । पुजामा विशेष गरी शुरुको दिन साजोक गरी मण्डला निर्माण गरी देवी देवताहरुको मुकुट आकारको आकृती बनाइ पुजा गरिने र अन्तिम दिन त्यही मंडलामा रहेको आकृतीहरुको मुकुट निर्माण गरि लामाहरुले लगाएर सामुहिक नृत्य गरी त्यसलाई समापन गरिएको लामाको भनाइ रहेको थियो ।

बज्र किलाया मण्डला पुजा भएको । मेला महोत्सवको रुपमा तिजी भएतापनि यो पर्व भएतापनि शाक्य सम्प्रदायको बज्रकिलाया मण्डला पुजा अन्तर्गतको मुकुट डान्स भएको र यसले उपल्लो मुस्ताङमा पुग्न नसक्ने पोखरेलीहरुका लागी त्यहांको सांस्कृतीक नृत्य हेर्ने अवसर प्रदान गरिएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिदै सांस्कृतीक पर्यटकहरुलाई याम्दी गुम्बाबाटै मुस्ताङको संस्कृतीको बारेमा जानकारी दिनका लागी यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने गुम्बाका सल्लाहकार तथा गण्डकी प्रदेश सभा सदस्य ईन्द्रधारा विष्टले वताए ।

तिजी पर्वको झल्को दिने गरी पोखरामा बज्रकिलाया मण्डला पुजा
तिजी तेन्जी पर्वमा उपल्लो मुस्ताङको लो सात क्षेत्र लोमन्थाङ आसपासको समुदायले एकै ठाउमा भेला भएर सामुहिक रुपमा मनाउने गरेको र बज्रकिलाया मण्डला पुजा शाक्य समुदायका बौद्ध धर्ममान्ने हरुले मनाउने गरेको विष्टको भनाइ रहेको थियो । जमिनको पुजा साजोक गरी मण्डलामा विभिन्न ५५ वटा देवताहरुको पुजा गरी ५५ वटा विभिन्न जनावर, चरा तथा देवी देवताको मुकुटहरु निर्माण गरी लामाहरुले नाच देखाइएको हो ।

यो नाच तथा पुजामा सहभागी भएको खण्डमा ग्रह शान्ति समेत हुने लामाको भनाइ छ । अघिल्लो वर्षहरुमा पुजामात्र गरिदै आएको भएतापनि यो वर्षदेखी उपल्लो मुस्ताङको संस्कृती झल्किने गरी त्यसमा पनि तिजी पर्वको झल्को दिने गरी पोखरामा लामा मास्क नृत्य प्रस्तुत गरिएको हो ।


तिजी पर्वको झल्को दिने गरी पोखरामा बज्रकिलाया मण्डला पुजा





