तनहूँको बन्दीपुरमा जीप पल्टिँदा २ जनाको मृत्यु

पोखरा, माघ २३ ।
तनहूँको बन्दीपुरमा बस दुर्घटना भएको छ । बन्दीपुर बजारबाट आँबुखैरेनी गाउँपालिकाको जालभञ्ज्याङ तर्फ जाँदै गरेको ग २ च ३२७० नम्बरको जीप पल्टिएको हो । बन्दीपुर गाउँपालिका–५ स्थित झारगाउँमा भएको दुर्घटनामा बन्दीपुर गाउँपालिका ५ की ४५ वर्षीया चीजमाया गुरुङ र सोही ठाउँका ५० वर्षीय मनबहादुर गुरुङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाईते दुवैजनाको बन्दीपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको तनहूँका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले जानकारी दिए । दुर्घटनामा जीप चालक सहित ५ जना घाईते छन् । उनीहरुको बन्दीपुरमा सामान्य उपचार पछि पोखरा रिफर गरिएको अर्यालले बताए ।

जालभज्याङ्गमा छेवरको भोज खाएर फर्किने क्रममा उकालोमा तान्न नसकेपछि व्याक भएर जिप दुर्घटना भएको हो ।