जब हेर्दाहेर्दै युवतीले मुग्लिन पुलबाट हाम फालिन्…..
चितवन, मंसिर २३ ।
आइतबार दिउँसो २ बजेतिर मुग्लिङ पुल छेवैमा रहेको पुरानो मर्स्याङ्दी फ्रेस फिस होटलबाट एक युवती खोलामा हाम फाल्न लागेको दृश्य देखियो । अन्दाजी १९ वर्षीया युवती पुलको ढिलमा उक्लिएकी थिइन् । र, पानीतिर हेरिरहेकी थिइन् ।
रेष्टुरेन्टका कर्मचारीको आँखै अगाडि उनी खोलामा खसिन् । पानीमा तैरिरहेको देखेपछि वेटर धादिङका २० वर्षीय सन्तोष गुरुङ दौडिएर नदीमा पसे ।
पौडीमा सिपालु गुरुङले केहीवेरमै युवतीको उद्दार गरे । अन्य युवामा पनि नदीतिर पुगेका थिए । तर, उनले नै नदी किनारसम्म ल्याए ।
‘माथिबाट हाम फाल्दा छातीमा परेछ । छाती दुख्यो भनिरहनु भएको थियो’, उनी सम्झन्छन् । प्रहरीका अनुसार प्रारम्भिक सोधपुछमा उनले ‘‘ का कारण’ आत्महत्या गर्न खोजेको भनेकी छन् । थप अनुसन्धान भइरहेको प्रहरी बताउँछ ।
स्थानीयले युवती खोलामा खसेको देखेलगत्तै प्रहरी कन्ट्रोल १०० मा फोन गरेर घटनाबारे जानकारी दिएका थिए । अहिले युवतीको आबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।