जनयुद्धकी जेल ब्रेकर–गणतन्त्रमा सरकारले जेल पठाउला ?

पोखरा, भदौ १२ ।
गोरखा जेल अहिले पनि नेपालमै चर्चित छ । त्यसो त गोरखा यसैपनि संसारले चिनेको ठाउँ । हरेक कालखण्ड गोरखाको नेतृत्वमा छ । जनयुद्धको सुरुवात गोरखाबाटै भयो । तत्कालीन माओवादीका अधिकांश नेताहरु गोरखासँग कुनै न कुनै हिसावले सम्बन्ध गाँसिएकाहरु छन् ।

जनयुद्धमा गोरखा जेल तोडेर महिलाहरु निस्किएपछि घटनाले देशरभ सनसनी मच्चायो । उही जेल ब्रेककी कमाण्डर उमा भुजेललाई प्रहरीले पक्राउ गरेको छ । नेकपाकी पोलिटब्यूरो सदस्य समेत रहेकी भुजेललाई प्रहरीले काठमाडौँबाट गिरफ्तार गरेको बताइएको छ ।

पारिवारिक स्रोतका अनुसार उनलाई कहाँ लगिएको भन्नेबारे केही जानकारी छैन । उनी संविधानसभा सदस्य समेत थिईन् । वार्ताको लागि भन्दै सरकारले सोमप्रसाद पाण्डेको नेतृत्वमा वार्ता टोल गठन गरेपनि सरकारले भने नेकपाका नेता–कार्यकर्ताहरुलाई गिरफ्तार गरिरहेको छ ।