चिनियाँ प्राविधिक र कामदार पोखरा आउन थाले
पोखरा, पुस १८ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ कामदार कोरोना खोप लगाएर नेपाल आउन थालेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ६० जना चिनियाँ कामदार चीनमा बनेको कोरोना खोप लगाएर नेपाल आइपुगेका हुन् ।
उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा ल्याईएको छ । चीनमा देश बाहिर जाने आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप लगाई एक महिना आराम गर्ने अवधि पुरा गरेपछि मात्रै जान दिइने व्यवस्था गरिएको छ । सरकारी प्रावधान पूरा गरी चिनियाँ कामदार नेपाल आएका हुन् ।
उनीहरुले संक्रमणलाई ध्यान दिई पीपीई, मास्क लगाएरै नेपाल प्रवेश गरेका छन् । सन् २०२० मा नयाँ वर्ष मनाउन गएका चिनिया प्राविधिक तथा कामदारहरु कोरोना पछि उतै रोकिएका थिए । नेमालमा निर्माणधिन चिनिया प्राविधिक टोली धमाधम नेपाल फर्किन थालेका छन् ।
चिनियाँ लागनी तथा नेपाल सरकारबाट ठेक्का प्राप्त गरेका सिमेण्ट कारखाना, आइडोपावर र विमानस्थल जस्ता दर्जनौ विकास आयोजनाहरुमा झण्डै २० हजार चिनियाँ कामदारहरु संलग्न रहेका छन् ।