चराङ विमानस्थल निर्माणका लागी सरकारी प्राविधीक टोली मार्फत डिपिआर तयार गर्नेे

गिता राना मगर, पोखरा कार्तिक ११ । उपल्लो मुस्ताङको चराङमा विमानस्थल निर्माणका लागी सरकारले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नेे भएको छ । हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ समुन्द्र सतहदेखी ३८ सय मिटर उचाइमा रहेको चराङमा विमानस्थल निर्माणका लागी नेपाल सरकारले तिहार लगतै प्राविधीक टोली पठाइ विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण प्रकृया अगाडी वढाउने भएको हो । लो घेकर दामोदर कुण्ड गाउपालिका वडा नम्बर १ चराङमा रहेको प्रस्तावित चराङ विमानस्थलको निरीक्षणमा पुगेका पर्यटन मन्त्री योगेश भट्टराइले चराङ एयरपोर्टको विस्तृत परियोजना प्रतिवेदन तयार गरी तत्काल विमानस्थल निर्माणको काम अगाडी वढाउने वताएका हुन ।
मुस्ताङको माननीयहरुको पहलमा प्रारम्भिक चरणको अध्ययन भइसकेको चराङ गाउ उच्च हिमाली क्षेत्र भएतापनि समतल भु बनोटमा रहेको सार्वजनिक जग्गामा एयरपोर्ट निर्माणका लागी जग्गा छुट्याइएकाले पनि कोही कसैको अवरोध नआउने भएकाले चराङ विमानस्थल निर्माणको काम तीव्र रुपमा अगाडी वढ्ने र केही वर्षभित्रै विमानस्थल सञ्चालन हुने समेत मन्त्री भट्टराईले वताए । एयरपोर्ट निर्माण पश्चात उपल्लो मुस्ताङको दामोदर कुण्ड आउने भारतिय पर्यटकको संख्या वृद्धि हुनुका साथै उच्च हिमाली क्षेत्रमा उत्पादन हुने स्याउ, भेडा च्याङग्राका उन, चौरीबाट उत्पादन हुने वस्तुहरुको बिक्रीका लागी पनि हवाइ यातायातले सहायता पुर्याउने वताए ।
चराङबाट दामोदर कुण्ड जानका लागी सरकारले सडक निर्माणका लागी समेत सहयोग गर्ने वताउदै कोराला हुदै पोखरा र वुटवल निस्कने कालीगण्डकी करिडोर सञ्चालन पछि उपल्लो मुस्ताङमा पर्यटकको संख्यामा समेत वृद्धि भएर जाने उनको भनाइ रहेको थियो । लो घेकर दामोदर कुण्ड गाउपालिकाले एक वर्षअगाडी चराङमा विमानस्थल निर्माण गर्ने भनी ३ हजार रोपनी जग्गा छुट्याएर राखेको थियो । यसैविच पर्यटन मन्त्री भट्टराइले मराङ होमस्टेको समेत उद्घाटन गरेका छन ।