घाँस काट्दाकाट्दै करेण्ट लागेर कास्कीमा आमाछोरी गम्भीर घाइते, उपचार गर्न काठमाण्डौं लगियो

पोखरा, चैत २० ।
माछापुच्छ्रे गाउँपालिका ७ फेदीमा घाँस काट्न जाँदा करेन्ट लागेर २ जना घाइते भएका छन् ।

बिजुलीको हाइटेन्सन लाइन मुनिबाट घाँस काट्न जाँदा शान्तिटोलकी करिब ४५ वर्षीया कृष्णमाया भण्डारी र उनकी छोरी १३ वर्षीया एलिना भण्डारी करेन्ट लागेर घाइते भएका हुन् ।

घटनास्थलमा आमाछोरी अचेत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । पोखरास्थित फिस्टेल अस्पतालमा सामान्य उपचार पश्चात उनीहरुलाई काठमाडौं रेफर गरिएको गण्डकी प्रदेश प्रहरी प्रवक्ता डीएसपी गोविन्द पुरीले जानकारी दिए ।