गोरखाको मसेलबाट खसी चोरी, ३ जना पक्राउ

गोरखा, भदौ ५ ।
चाढबाडको मौकामा खसी चोरी भएको छ । भीमसेन थापा गाउँपालिका १ मसेलबाट २ वटा खसी चोरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरिएको छ । खसीका धनी भगवान बाँनियाले आफ्नो घरको ३ वटा खसी मध्ये २ वटा चोरी भएको बताए ।

चोरीको आरोप लागेका तीनैजनालाई सदरमुकामस्थित शक्तिचोकबाट नियन्त्रणमा लिएका हो । पक्राउ पर्नेहरुमा चोरीको खसी बेच्न मध्यस्थ गर्ने अजिरकोट १ घ्याच्चोकका खेतमान गुरुङ, दीनानाथ सहानी र खसी किन्ने सुदाम गुप्ता रहेको गोरखा प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट २ वटा खसी पनि बरामद गरिएको छ । गुप्ता गोरखा बजारको बिसौनी मोडमा फलफुल ब्यवसाय गर्दै आएका हुन ।

File photo