गण्डकीमा सरकार बिस्तार आज, काे-काे बन्दै छन् ?

पाेखरा, जेठ ५ ।
गण्डकी प्रदेशमा आज मन्त्री मण्डल बिस्तार हुँदै छ । बैशाख २९ गते सपथ लिएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूरानै मन्त्रीमण्डललाई निरन्तरता दिन लागेका छन् ।
उनीहरुकाे केहिबेरमा सपथ हुनेछ । यसअघि सरकारमा आर्थिक मामिला तथा याेजना मन्त्री किरण गुरुङ थिए भने भाैतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, उद्याेग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा विकास लम्साल, सामाजिक बिकास मन्त्रीमा नरदेवी पुन मगर थिए ।
माओवादीका हरिबहादुर चुमान र लेखबहादुर थापाले पहिलै नै राजीनामा दिएपछि दुई मन्त्रालय खाली थियाे । पछि स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका थिए ।