कोशीको मुख्यमन्त्रीमा कांग्रेसका विद्रोही कार्की नियुक्त

पोखरा, असोज २७ ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएको घोषणा गरे। प्रदेश प्रमुख खापुङले कार्कीलाई संविधानको धारा १६८ को ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
कार्कीको पक्षमा कांग्रेसका ८ र एमालेका ३९ गरी ४७ सांसदले कार्कीको पक्षमा हस्ताक्षर गरेका छन् । यद्यपी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्कीलाई गठबन्धनले पनि विश्वासको मत दिने बताएका छन् । गठबन्धनले माओवादीका इन्द्रबहादुर आङ्वोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । उक्त निर्णय विरुद्ध कार्कीले बहुमत जुटाउने प्रयास गरेका थिए ।
एमालेले उनलाई समर्थन गरेपछि आफ्नै पार्टीका आधा सांसद लिएर उनी प्रदेश प्रमुखकोमा सनाखतका लागि पुगेका हुन् । सनाखतमा बहुमत भएपछि प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्री नियुक्त गरे ।