कास्की २ को उपनिर्वाचनमा रवीन्द्रकै धर्मपत्नीलाई उम्मेदवार बनाउने प्रचण्डको संकेत

पोखरा, फागुन २७ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कास्की २ मा स्व. रवीन्द्र अधिकारीकै धर्मपत्नीलाई उम्मेदवार बनाउने संकेत दिएका छन् । पार्टीमा औपचारिक छलफल नभएको भन्दै उनले सबैसँगको समन्वयमा उपयुक्त निर्णले लिने बताए ।

‘निर्वाचनको कुरा पार्टीमा औपचारिक ढंगले चलेको छैन । मिडियामा बामदेव जीको सन्दर्भ पनि आयो । वहाँले क्लियर गर्नुभएको छ । पार्टीमा चर्चा चलेको होईन । उनले भने ।’

प्रचण्डले रवीन्द्रका परिवार पनि राजनीतिक भएकोले त्यही भित्रबाट उम्मेदवार बन्न सक्ने बताए । ‘जिल्लाका साथीहरुले सिफारिस गर्नुहोला । परिवारको सदस्यभित्रबाट नै जाँदा उपयुक्त हुन सक्छ, उनले भने–वहाँको परिवार पनि राजनीतिक परिवार हो । नेतृत्व गर्न सक्ने वहाँकै जीवनसंगिनी पनि हुुनुहुन्छ । विद्या जी । यो सबै कुराको विचार गरेर पार्टीले उपयुक्त निर्णय गर्छ ।’