कास्की काँग्रेसमा ११ जना जिल्ला सदस्य मनोनित (को को परे ?)

पोखरा, मंसिर ५ ।
नेपाली काँगेस कास्कीमा ११ जना नयाँ सदस्य थपिएका छन् । ५ जना आमन्त्रीत सहित ११ जना जिल्ला सदस्य थपिएका हुन् ।

काँग्रेस कास्कीका सभापति कृष्ण केसीले पार्टीको विद्यानमा रही गरेको मनोनयन बुधबारको जिल्ला कार्य समिति बैठकले अनुमोदन गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

जिल्ला सदस्य मनोनित हुनेहरुमा युवराज कुँवर, राजेन्द्रमणि लामिछाने, मुकुन्द ज्वाला बास्तोला, ओम बस्नेत, पुण्डरीप्रसाद बराल र यज्ञेश्वर पोखरेल छन् । आमन्त्रित सदस्यमा प्रेम तामाङ, पुष्प पराजुली, लक्ष्मण पहारी, आशबहादुर गुरुङ र दिनेश पौडेल छन् ।