कास्कीमा नेकपा एकीकरण–अध्यक्ष थापा, सचिव गुरुङ

पोखरा, बैशाख ८ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला तहको एकीकरण लगभग टुंगिएको छ । एकीकरणसँगै कास्कीमा साविक एमालेले अध्यक्ष र माओवादीले सचिव पाएका छन् ।

तत्कालीन अध्यक्ष नै एकीकरणपछिको अध्यक्ष हुने भएकोले कास्कीको अध्यक्षमा कृष्ण थापा चयन भएका छन् । यस्तै सचिवमा माओवादीका बखानसिंह तमु चयन भए । यसको औपचारिक घोषणा हुन बाँकी छ ।

एमालेले जनप्रतिनिधि भएपनि तत्कालका लागि साविक नेतृत्वलाई नै जिम्मेवारी दिएको छ । श्रोतका अनुसार कास्की जिल्लाको इञ्चार्जमा राजकाजी गुरुङ करणको नाम बाहिरिएको छ । उनी हाल नेकपाको केन्द्रिय सदस्य हुन् ।