कास्कीबाट ८ शहीद थपिए (को–को परे ?)

प्रकाश ढकाल
पोखरा, माघ ११ ।
कास्कीबाट ७ जना शहीदको सूचीमा सूचीकृत भएका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाको प्रश्तावमा बिहिबारको मन्त्रीपरिषद् बैठकले शहीद घोषणा गरेको हो । साविक सल्यान गाविसका कृष्णबहादुर गुरुङ, साविक घान्द्रुक गाविसका ईश्वर गुरुङ, साविक माछापुच्छ्रे गाविसका टेकबहादुर गुरुङ र पूर्णबहादुर भुजेल, साविक मिजुरेडाँडा गाविसका सु. रतनसिंह गुरुङ, साविक लेखनाथ नगरपालिका ५ का चन्द्बहादुर राजभाट र साविक हंसपुर गाविसका पशुपति रानाभाटलाई शहीद घोषणा गरिएको हो । सशस्त्र द्धन्द्धका बेला उनीहरुलाई विभिन्न समयमा मारिएको थियो ।
यसैगरी २०१८ सालमा मारिएका ल्वाङ घलेलका हरी प्रसाद गुरुङलाई पनि शहीद घोषणा गरिएको कानुनमन्त्री थापाले डिएनए नेपाल डटकमलाई जानकारी दिए । उनलाई पञ्चायतकालमा मारिएको थियो । योसँगै स्याङजा र बाँदरमुडे घटनाका मृतकलाई पनि शहीदको रुपमा सूचीकृत गरिएको छ ।