कास्कीको ल्वाङघलेलमा किशोरीमाथी बलात्कार, बलात्कार आरोपमा सुरज पक्राउ
पोखरा, मंसिर १२ ।
कास्कीको ल्वाङघलेलमा किशोरीमाथी बलात्कार भएको छ । माछापुच्छ«े गाउँपालिका ८ ल्वाङको होमस्टेमा १४ बर्षिया किशोरीमाथी बलात्कार भएको हो । ४ दिनअघि किशोरी सुतिरहेको कोठामा पसेर बगरका २५ बर्षिय सुरज गुरुङले बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । बलात्कार गर्ने गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
घटना शनिबारको हो । लुम्रे खोराको मुखबाट ल्वाङघलेल हुँदै एउटा गाडी पोखरा आयो । सोही गाडीमा ति किशोरी र उनकी भाउजु पोखराका लागि चढे । किशोरी सिम्पानी झरिन् र उनकी भाउजु हरिचोक ।
फर्किने बेला ति किशोरी सिम्पानीबाटै गाडीमा चढिन् । गाडीको नम्बर थियो ना ५ ख ८८३६ । उनी झर्ने ठाउँ लाहाचोक पुगेपछि गुरुङले झर्न भने तर किशोरी झरिनन् । गाडी ल्वाङ पुग्यो । ल्वाङको ६ नम्बर होम स्टे सोही गाडीका चालक र गाडीका सहयोगीको बासस्थान थियो ।
सुरज आफ्नै बाबुको गाडीमा सहयोगीको रुपमा काम गर्थे । ल्वाङ पुग्दा साँझ परिसकेको थियो । किशोरी फर्किने समय थिएन । सुरजले ति किशोरीलाई त्यही होमस्टेमा बस्न भने । उनी त्यहीँ बसिन् ।
किशोरीलाई एउटा कोठामा बासको व्यवस्था गरेर सुजन अर्को कोठामा गए । किशोरी बसेको कोठाको चुक्कल विग्रीएको थियो । रातको ९ बजे सुजन किशोरीको कोठामा गएर सँगै सुत्न आग्रह गरे । किशोरीले नमानेपछि सुजनले किशोरीको दुवै हात बाँधेर जर्वजस्ती गरेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका किशोरले भने सहमतिमै घटना भएको दावी गरेका छन् ।
सुरजले चिच्याए मारिदिने धम्की दिएको बताईएको छ । पटक पटक हात र खुट्टा बाँधेर बलात्कार गरेको घटना सार्वजनिक भएको छ । यद्यपी घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । भोलिपल्ट सोही गाडीमा चढेर किशोरी घरमा झरिन् भने सुरज पोखरा आए । घरमा किशोरी झोक्राउने र टोलाउने गरेपछि परिवारले सोधेर उनले घटनाबारे भनेकी थिईन् ।
परिवारले किटानी जाहेरी दिएपछि सुरजलाई मंगलबार राती १० बजे पिएन क्यापसको माथिल्लो गेटबाट पक्राउ गरिएको हो । अनुसन्धानपछि मात्रै घटनाको पूरा विवरण आउने कास्की प्रहरीका प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।