कालिन्चोक दर्शन गरेर फर्केको बस दुर्घटना हुँदा १० को मृत्यु
काठमाण्डौं, मंसिर २९ ।
दोलखाको कालिन्चोक दर्शन गरेर फर्केको बस सिन्धुपाल्चोकस्थित लामो साँघु जिरी सडक खण्डमा दुर्घटनाग्रस्त भएको छ ।
सो दुर्घटनामा परेर कम्तीमा १० जनाको घटनास्थलमै मृत्यु भएको छ । कालिन्चोक दर्शन गरेर भक्तपुरतर्फ फर्कँर्दै गरेको बा४ ख ४४६८ नम्बरको बस बिहान ७ बजेतिर दुर्घटनाग्रस्त भएको जिल्ला टाफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
सिन्धुपाल्चोकको ६ किलो मोडमा बस दुर्घटना भएको जनाइएको छ । घटनास्थलमा १० जनाको शव फेला परेको बताइए पनि यकीन विवरण आइसकेको छैन । सडकबाट बस कम्तीमा ५ सय मिटर तल खसेको र दुर्घटनामा केही यात्रु घाइते भएको प्रहरीको भनाइ छ । उद्धार कार्य भइरहेको जनाइएको छ ।