कापी परीक्षण गर्दा २५ हजार घुस
काठमाण्डौं, पुस २३ ।
विद्यार्थीसँग रकम असुलेर कपी परीक्षण गरेको पाइएपछि प्रहरीले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको कीर्तिपुर नेसनल आयुर्वेद रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा कार्यरत एक विशेषज्ञसहित दुईजनालाई पक्राउ गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
पक्राउ पर्नेमा ट्रेनिङ सेन्टरमा करार सेवामा कार्यरत कालिकोटका २८ वर्षीय खेमराज शाही र अर्जुन भाट छन् । विद्यार्थी खोज्ने र रकम बार्गे्निङको जिम्मा भाटले लिन्थे ।
प्रहरीका अनुसार पक्राउ शाही र भाटले यसअघि पनि विद्यार्थीसँग रकम असुलेर कपी परीक्षण गर्दै आएका थिए । प्रहरीका अनुसार विशेषज्ञ शाहीले प्रतिविद्यार्थी २५ हजार रुपैयाँ उठाएका थिए ।