कांग्रेसमा पौडेलले पनि मागे ‘अर्ली’ महाधिवेशन

काठमाण्डौं, पुस १३ ।
कांग्रेस नेता रामचन्द्र पौडेलले पनि ‘अर्ली’ महाधिवेशनको माग गरेका छन् । पौडेलले पार्टी महासमिति बैठकमा ४ पुसमा कार्यतालिकासहितको अर्ली महाधिवेशन गर्नुपर्ने प्रस्ताव पेस गरेका हुन् ।

पौडेलले १६ पुसदेखि ०७६ असार मसान्तसम्म राष्ट्रव्यापी जागरण अभियान, पदयात्रा, टोलटोलमा वैचारिक र सांगठनिक प्रशिक्षणसहित ‘सदस्यता वितरण अभियान’ सुरु गरेर ७ फागुन ०७६ मा केन्द्रीय महाधिवेशन उद्घाटन गर्ने कार्यतालिका पेस गरेका थिए ।

त्यस विषयमा महासमितिमा छलफल भए पनि निर्णय भने भएन । अर्का नेता कृष्णप्रसाद सिटौला समूहले पनि बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी ‘अर्ली महाधिवेशन’ माग गरेको थियो ।