काँग्रेस महामन्त्री शशांकले भने–अवको सभापति कोइराला परिवारबाटै

विराटनगर, भदौ ३ ।
नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४ महाधिवेशनमा कोइराला परिवार मिलेर चुनाव लड्ने बताएका छन् । विराटनगरमा कार्यकर्तासँग कुरा गर्दै उनले आफू, शेखर र सुजाता मध्ये १ जना सभापतिमा जाने बताएका हुन् ।

कोइराला निवासमा बास बसेका शशांक र शेखरले आगामी चुनावमा मिलेर अघि बढ्ने बताएका छन् । यसअघि पनि पोखरा जाँदा उनीहरु एउटै होटलमा बास बसेका थिए । पछिल्लो समय कोइराला परिवारमा मिलनको बाटो देखिएको छ । ‘हामीबीच कुनै द्वन्द्व छैन, उपयुक्त समयमा निर्णय लिन्छौं, कार्यकर्तासँग महामन्त्री कोइरालाले भने–तपाईंहरु ढुुक्क हुनुस् । हामीहरु मिलेर अघि बढ्छौं ।’

शेखर कोइरालाले १४ औं महाधिवेशनमा सभापतिको प्रतिश्पर्धी बन्ने जानकारी शशांकलाई दिईसकेको श्रोत बताउँछ । यसअघि नै महामन्त्री छोड्न आग्रह गरेका शेखरले आगामी सभापतिमा सहमति मागेका छन् ।