काँग्रेस नेता गगन थापालाई पोखरामा आफ्नै कार्यकर्ताले देखाए कालोझण्डा

पोखरा, माघ २१ ।
नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघका केही नेता कार्यकर्ताहरुले काँग्रेस नेता गगन थापालाई पोखरामा कालोझण्डा देखाएका छन् । काँग्रेसले आयोजना गरेको विरोध प्रदर्शनलाई पोखरामा सम्बोधन गर्दै गर्दा थापालाई नेविसंघ कास्कीका निवर्तमान सभापति विकास थापा नेतृत्वको टोलिले कालोझण्डा देखाएका हुन् ।

सरकारी गाडीमा नेविसंघले आगो लगाएको विषयमा आइतबार फेसबुक मार्फत थापाले घटनाको विरोध गरेका थिए । उनले आगामी दिनमा संयमित भएर प्रश्तुत हुन पनि आग्रह गरे । नेविसंघले गरेको काममा थापाले निन्दा गरेपछि त्यसको विरोधमा नेविसंघले कालोझण्डा देखाएका हुन् । नेविसंघ नेता थापाले आईतबार फेसवुकबाटै गगनको प्रतिक्रियामाथी विरोध जनाएका थिए ।