इलेक्ट्रिसियन तालिम सम्पन्न, १० जनाले पाए रोजगारी

पोखरा, चैत ६ ।
लायन्स क्लब अफ पोखरा बिरौटा साझा चौतारीद्वारा आयोजित तीन महिने विद्युत जडान सम्बन्धी आधारभुत तालिम सम्पन्न भएको छ ।
क्लवको सामाजिक उत्तरदायित्व अन्र्तगत सञ्चालित तालिममा सहभागी ३० जना प्रशिक्षार्थीहरुलाई पोखरामा बिहीबार एक कार्यक्रमका विच अनुभवको प्रमाणपत्र वितरण गर्दै तालिम सम्पन्न भएको हो ।
तालिममा पोखरा महानगरपालिका वडा १७ जनप्रतिनिधी तथा महानगर कार्यपालिका सदस्य राधिका शाही योगीले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिन् । उनले तालिमले युवाहरुलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । सामाजिक क्षेत्रमा क्लवले गरेका कार्य प्रशंसनिय रहेको उनले बताइन् ।
कार्यक्रममा एकता इलेक्ट्रोनिक्स एसोसियन कास्कीका अध्यक्ष तथा प्रशिक्षक विष्णुप्रसाद ढकालले तीन महिने तालिममा सिकेका आधारभुत सिपको प्रयोग गर्दै आयआर्जनका क्षेत्रमा लाग्न अनुरोध गरे ।
यस्तै कार्यक्रममा रिजन चेयर पर्सन तथा क्लवका संस्थापक अध्यक्ष दुर्गाकुमारी आचार्यले सामाजिक क्षेत्रमा क्लवले काम गर्दै आएको बताउँदै आगामी दिनमा अझ सक्रियताका साथ लााग्न अनुरोध गरिन् । उनले तालिममा उत्कृष्ठ १० जनालाई रोजगारीको प्रतिवद्धता व्यक्त गरिन् ।
क्लबका अध्यक्ष साबित्रा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कमिटी चेयर पर्सन गोपाल थापा, डिपार्टमेन्ट अफिसर सन्तोष घिमिरे, फेवा बेगनास चौतारीका अध्यक्ष टंक ढकाल, क्लवका प्रथम उपाध्यक्ष रेखादेबी पोखरेल, द्वितिय उपाध्यक्ष गीता पराजुली, तृतिय उपाध्यक्ष कल्पना अर्याल लगायतका वत्ताले सहभागी प्रशिक्षार्थीहरुलाई तालिममा सिकेका कुराहरुलाई व्यवहारिक जीवनमा उतार्न अनुरोध गरेको क्लवका सचिव प्रतिमा शर्मा आचार्यले जानकारी दिइन् ।