इजरायलबाट साढे २ सय नेपाली स्वदेश फर्किंदै, परराष्ट्रमन्त्री आँफै पुगे नागरिक लिन
पोखरा, असोज २५ ।
युद्धग्रस्त इजरायलबाट २५३ जना नेपाली घर फर्किएका छन् । नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमानबाट उनीहरु स्वदेश फर्केका हुन् ।
नेपाली बोकेर इजरायलबाट उडेको विमान बिहीबार राति साढे १ बजे काठमाडौंमा अतवरण हुने छ । आफूहरु सबै प्रक्रिया पूरा गरेर विमान चढेको इजरालयबाट विपिन सुवेदीले बताए ।
नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये बिहीबार नेपाल वायुसेवा निगमको विमानमा २५० जना घर फर्कन लागेका हुन् । नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं विमानमा इजरायल गएका छन् ।
त्यहाँ उनले नेपाली राजदूत र दूतावासका कर्मचारीसँग नेपालीहरुको स्थितिका बारेमा कुराकानी गरेका उनको सचिवालयले जनाएको छ ।