आज र भोली बर्षासँगै भारी हिमपात हुने

पोखरा, माघ २४ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार र शुक्रबार उच्च पहाडी क्षेत्र र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको अनुमान लागएको छ । महाशालाले बुधबार उच्च पहाड क्षेत्रमा भारी हिमपात र पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको भन्दै हिमपहिरो र पहिरोका सम्भावना रहेको भन्दै सतर्कता अपनाउन सूचित गरेको छ ।

बिहीबार देशको अधिकांश स्थानमा वर्षा हुने र उच्च पहाडी क्षेत्रमा भारी हिमपात र पहाडी क्षेत्रमा वर्षा हुनसक्ने देखिएकाले हिमपहिरो जानसक्ने क्षेत्र र पहिरो जानसक्ने क्षेत्रमा सतर्क रहन भनेको छ ।

विहिबार

दिउँसो–देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ । पश्चिमि र मध्य भेगका धेरै स्थानहरुमा हल्का देखि मध्यम बर्षा र पूर्वि भेगका केहि स्थानहरुमा हल्का वर्षा हुने प्रबल संभावना देखिन्छ साथै पश्चिमि र मध्य भु–भागको थोरै स्थानहरुमा भारी वर्षा समेत हुने सम्भावना देखिन्छ । देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ भने मध्य र पश्चिमी उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको देखिन्छ ।

राति–देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ । देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम बर्षा र १–२ स्थानमा भारी वर्षाको समेत सम्भावना देखिन्छ । देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको छ ।

शुक्रबार

दिउँसो–देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम बर्षा र १–२ स्थानमा भारी वर्षाको समेत सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगको १(२ स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको देखिन्छ्र ।

राति–देशभर सामान्य बदली रहने देखिन्छ। देशका केहि स्थानहरुमा हल्का देखि मध्यम बर्षाको सम्भावना देखिन्छ साथै पूर्वी भेगका एक दुई स्थानमा भारि वर्षाको संभावना छ । देशको उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ ।