अस्पतालको बेडबाटै प्रधानमन्त्री ओलीको भावुक सन्देश

काठमाण्डौंं, कार्तिक १४ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अस्पतालबाटै चाडै फर्कने बताएका छन् । उनले अस्पतालबाट चाडै फर्कने र समृद्ध नेपालको सपना सकार पार्न सक्रिय रहने बताएका हुन् ।

त्रिवि शिक्षण अस्पताल महाराजन्जमा उपचाररत प्रधानमन्त्री ओलीले मंगलवार एक सन्देश जारी गर्दै भनेका छन्–चिकित्सकहरुले मलाई दिनुभएको जानकारी अनुसार म छिट्टै नै अस्पतालबाट फर्किने छु र तपाई हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछु ।’

प्रधानमन्त्री ओलीले केही सामाजिक सञ्जाल र डिजिटल सञ्चार माध्यमबाट आफ्नो स्वास्थ्यका बारेमा गरिएको प्रचारबाजीबाट प्रभावित नहुन सबैलाई आग्रह गरेका छन् ।

‘सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाका बारेमा गरिएको आधारहीन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारवाजीको मलाई जानकारी छ । यसप्रकारका भ्रामक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु, सन्देशमा उल्लेख गरिएको छ ।’

प्रधानमन्त्री ओलीले सन्देशमा मौसमी रुखाखोकी र त्यसबाट हुनसक्ने संक्रमणको रोकथामका लागि आफूले महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइ रहेको जानकारी गराउनुभएको छ । नेपाल समाचार पत्रमा खबर छ ।