अराजक घटना घटिरहँदा पनि सरकार मुकदर्शक बनेको छः कांग्रेस सभापति देउवाको आरोप

 

काठमाडौं, साउन ११ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समाजमा अराजक घटना घटिरहँदा पनि सरकार मुकदर्शक बनेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा कांग्रेस नेता गुरुराज घिमिरेको कथासंग्रह ‘मान्छेका कथाहरु’को विमोचन गर्दै उनले निर्मला पन्त हत्याकान्डको दोषी पत्ता नलाग्नु, आपराधिक घटनाहरु नियन्त्रण नहुनुलाई सरकारको कमजोरीकारुपमा व्याख्या गरे ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी्भित्रको किचलोलाई छिट्टै समाधान गर्नुपर्नेमा जोड दिए । उनले साहित्यको प्रभाव सकारात्मक हुने बताए । नेताहरु साहित्यप्रेमी हुनु सुखद् हुने भन्दै उनले जेलजीवनमा आफूले लेखेको कविता सुनाएका थिए ।

घिमिरेको कथासंग्रहमा ‘पण्डित बा’, ‘प्रेमी गुमाएकी प्राध्यापक’लगायत १३ ओटा कथाहरु समावेश छन् । (ईमेजखबरबाट साभार)