हातहतियार सहित कास्कीबाट ४ जना पक्राउ

पोखरा, फागुन २१ ।
हातहतियार सहित कास्कीबाट ४ जना पक्राउ परेका छन् । रुपा गाउँपालिका–७ तालवेशी तथा सौर्यवासका विभिन्न ठाउँमा अवैद्य रुपमा हातहतियार लुकाई छिपाई राखेको गोप्य सूचना पाएपछि छानविन गरेको प्रहरीले ४ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले दुई थान १२ बोर राईफल र तीन थान भरुवा बन्दुक पनि बरामद गरेको छ । पक्राउ पर्नेमा कास्कीको रुपा गाउँपालिका ७ घर भई हाल पोखरा महानरपालिका ३० शिशुवा बस्ने वर्ष ५५ को नारायण बहादुर गुरुङ, रुपा गाउँपालिका ७ तालबेशि बस्ने वर्ष ४८ को डिल बहादुर गुरुङ, रुपा गाउँपालिका ७ तिलखोरिया बस्ने वर्ष ४५ को सुरेश गुरुङ र वर्ष ५४ को मन बहादुर थापा मगर छन् । पक्राउ परेका सबै जनालाई कास्की प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।