हराएको भनिएको ११ दिने बच्चालाई आफ्नै आमाले हत्या गरेको खुलासा
पोखरा, भदौ १२ ।
अघिल्लो साता गोरखा सिरानचोकबाट फिल्मी शैलीमा बच्चा गायब भयो । न्वारन गरेकै दिन ११ दिने बच्चा राति ५ मिनेटभित्रै एकाएक हरायो । गोरखाको सिरान्चोक गाउँपालिका २ खमारीबाट सवल र रश्मी भण्डारीकी ११ दिने छोरी हराएकी थिईन् ।
हजुरआमा सँग सुतेको बच्चा आमा ट्वाईलेट गएर फर्किँदा ओछ्यानमा थिएन । त्यसपछि हल्लाखल्ला भयो । ओच्छ्यानमा बच्चा नदेखेपछि रश्मीका परिवारले गाउँलेलाई खबर गरेका थिए । प्रहरी नै खटिएर अनुसन्धान गरिएको थियो । त्यसको केहीदिन अघि पनि एउटा २ बर्षिय बालक बेपत्ता भएका थिए ।
त्यसैले पनि प्रहरीले विशेष अनुसन्धान गरेको थियो । तर पछिल्लो पटक हराएको भनिएको बच्चालाई आफ्नै आमाले हत्या गरेको खुलासा भएको छ । प्रहरीले केहीबेरमा पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गर्ने तयारी गरेको छ ।