सेतीदोभानमा खसेको ग्याँस बुलेट देवघाट पुग्यो, सचेत हुन आग्रह

पोखरा, भदौ १९ ।
त्रिशुली र नारायणीको बीच सेती दोभानमा खसेको ग्याँसको बुलेट देवघाट पुगेको छ । देवघाटको किनारमा बुलेट पाखा लागेको छ । भारतबाट आएको ग्याँस बुलेट मंगलबार सेतीदोभानमा खसेपछि करिब ३० किलोमिटर नदिले बगाएर देवघाट पु¥याएको हो ।

सुगम ग्याँसका संचालक शिव घिमिरेका अनुसार ग्याँसको लेदो चुहिरहेको छ । उनले अति संवेदनशील भएको कारण सर्वसाधरणलाई सचेत हुन आग्रह गरेका छन् । ‘धेरै समयसम्म खोलाले बगाउँदा ग्याँसमा लिक भइरहेको छ । यसबाट सर्वसाधरण सेचत हुनु पर्नेछ–उनले भने ।’

यसरी लिक भएको ग्याँसमा आगोबाट विशेष सचेत हुनुपर्छ । घिमिरेका अनुसार भारतीय नम्बरको एचआर ६९ पी ६९७३ को ग्यास बुलेट नदीमा खसेको हो ।