रक्सी पिएर होटल मालिकलाई कुटेको आरोपमा सांसदका छोरा पोखराबाट पक्राउ

पोखरा, चैत २२ ।
मुस्ताङका अमित तुलाचन पोखराबाट पक्राउ परेका छन् । रक्सी पिएर झैझगडा गरेपछि बैदाम प्रहरीले उनलाई होटलबाटै पक्राउ गरेको हो । तुलाचनले डिहिकोपाटन स्थित ह्वाईट हाउस होटलका सञ्चालकसँग झगडा गरेको बैदाम प्रहरी प्रमुख डिएसपी कोमल शाहले जानकारी दिए ।

‘राती सामान्य भनाभन भएपछि तुलाचनले होटल सञ्चालकलाई मुखमा मुक्का हान्नुभएछ । सञ्चालकले उजुरी गरेपछि प्रहरीले पक्राउ गरेर ल्याएको हो, उनले भने ।’ तुलाचन सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई सार्वजनिक मुद्धामा म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

अमित मुस्ताङबाट प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचनका छोरा हुन् । सार्वजनिक मुद्धामा ३५ दिनसम्म हिरासतको कारबाही हुन्छ । तर घटना ठूलो नभएकोले प्रक्रिया पुर्याएर छोड्ने बैदाम प्रहरीले जनाएको छ ।