यौन दुर्ब्यवहार आरोपमा पोखराबाट पक्राउ परेका सुवेदी ३ लाख धरौटीमा छुटे
पोखरा, बैशाख १ ।
पोखराकी एक किशोरीलाई यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका एनआईसी एसिया बैंक पस्र्याङ शाखाका प्रमुख सुवास सुबेदीलाई जिल्ला अदालत कास्कीले ३ लाख धरौटीमा रिहा गरेको छ । जिल्ला न्यायधीश लालकाजी श्रेष्ठको इजलासले सुवेदीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
उनीसँग ३ वर्षसम्म कैद र ३० हजार जरिवाना मागदाबी गरिएको थियो । उनीसँगै पक्राउ परेका सुन्दर कुमार श्रेष्ठ भने हिरासतमै छन् । १६ वर्षकी किशोरीलाई बलात्कार गरेको आरोपमा श्रेष्ठ र दुव्र्यवहारको आरोपमा सुबेदीलाई कास्की प्रहरीले चैत्र १८ गते पक्राउ गरेको थियो ।
त्यसपछि पहिलो पटक ६, दोश्रो पटक १० दिन गरि आइतबार तेस्रो पटक ५ दिनको लागि म्याद गरि अनुसन्धान गरेको थियो । श्रेष्ठको मुद्धामाथी सोमबार बहस हुनेछ ।