मुस्ताङको होटलमा चोरी, २ जना पक्राउ
पोखरा, भदौ २७ ।
मुस्ताङ बारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ मुक्तिनाथ बजारमा रहेको हिमालयन प्याराडाइज होटलमा चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । सोही होटलमा काम गर्ने नवलपरासीको बर्दघाट नगरपालिका ४ का आषिश खत्री र ओखलढुङ्गाको मलङ गाउँपालिका २ का गेल्पु शेर्पालाई पक्राउ गरेको हो ।
उनीहरुले होटलबाट १ लाख १५ हजार नगद, १० तोला सुनको बाला, १ थान सुनको औँठी, काण्डिमाला १ थान, सुलेमाला २ थान, चाँदिको दिग्रा २ थान र मोति माला लगायतका धनमाल चोरी गरी फरार भएका थिए ।
प्रहरी टोलीले मुस्ताङको घरपझोङ गाउँपालिका ४ काठेपुलबाट चोरी भएका धनमाल सहित नियन्त्रणमा लिईएको हो ।